बझाङ – बझाङमा भाई बुहारी बलात्कार गरेको आरोपमा जेठाजु पक्राउ परेका छन । चैत १२ गते जेठाजुले भाई बुहारीको कोठामा प्रवेश गरेर हात र मुख च्यापी जवरजस्ती करणी गरेका हुन ।
२२ वर्षीया भाई बुहारीलाई बलात्कार गरेको आरोपमा ४२ वर्षीय जेठाजुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।



बलात्कार पश्चात जेठाजु बिरुद्ध चैत्र १३ गते जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी परेको थियो ।
सोही आधारमा खोजी गर्दा देउरा बजारमा घुमफिर गरिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा डिएसपी ज्ञानबहादुर विष्टले बताएका छन ।
पीडितको स्वास्थ परीक्षण गरी महिला सुरक्षित आवास गृह सेभ हाउसमा जिम्मा लगाइएको र आरोपीविरुद्ध मुद्धा चलाएको प्रहरीले जनाएको छ ।

















