बझाङ – बझाङमा एक महिलामाथि बलात्कार गरेको आरोपमा २ भारतीय नागरिक पक्राउ परेका छन । केदारस्युँ गाउँपालिकाकी एक महिलालाई बलात्कार गरी गरगहना समेत लुटपाट गरेको आरोपमा भारतको पश्चिम बंगाल प्रान्त माल्दा जिल्लाका २९ वर्षीय बिजय राजवंशी र २२ वर्षीय सनातन मुर्मु पक्राउ परेका हुन । ति दुवै दुवैजना कालङ्गा हाइड्रोपावरमा काम गर्दै आएका थिए ।

चैत ४ गते महिलामाथि जबरजस्ती करणी गरेर ३ तोला ४ आना बराबरको गरगहना लुटेको जाहेरीका आधारमा दुवैजनालाई पक्राउ गरिएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताएका छन ।


दुवै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

















