खाेज्नुहाेस

संरक्षण नहुँदा भत्किने अबस्थामा बझाङको भोपुर दरवार

Image

रमेश बहादुर सिह/बझाङ – बझाङको सदरमुकाम चैनपुर नजिकै रहेकोे भोपुर दरवार भत्किने अवस्थामा रहेको छ । तत्कालिन बझांङी राजा देबिजग बहादुर सिहको ऐतिहासिक दरबार ‘भोपुर’ संरक्षण अभावमा जीर्ण बन्दै गएको हो ।

राजा देबीजंग बहादुर सिंहले भोपुर दरवार निर्माण गर्न भारतको कलकत्ताबाट इन्जिनियर ल्याएका किंवदंती भनाई छ । चुनावका समयमा नेताहरुले आपनो मुख्य योजनाको रुपमा धार्मिक, सांस्कृतिक, आर्थिक र ऐतिहासिक धरोहरका विषयलाई मुख्य प्राथमिकता दिने बताउदै आएपनि चुनाव पछि कार्यकर्ता मुखी बजेट विनियोजन हुँदा जिल्लाका धार्मिक तथा सांस्कृतीक महत्व बोकेका सम्पदाहरु ओझेलमा परेका स्थानियहरु बताउछन ।

godawari nagarpalika dadhelo
attariya hospital

दसवर्षे सशस्त्रद्वन्द्वका बेला भन्दा अगाडी तत्कालिन साही नेपाली सेना हालको (नेपाली सेना) भोपुर दरवार बस्दै आएको बताईन्छ । २०६०/६१ तिर सुरक्षाको कारण देखाउदै नेपाली सेना उक्त दरवारबाट पडेस सरेपछी उती वेलको विद्रोही माओवादीले दरबारमा आगजनी गरेको पनि जिल्लाका ज्येष्ठ नागरीकहरुको भनाईछ । आगलागीबाट क्षतिभएको भाग अहिले पनि जस्ताको त्यस्तै छ ।

navjiwan hospital

स्थानिय मिलन धामिले भने, ‘यो दरवार ऐतिहासीक छ, यसलाई संरक्षण गर्न सबै भन्दा पहिला राजा जयपृथ्वी बहादुर सिँह को नाम बाट नामाकरण गरिएको नगरपालिकाले मुख्य भुमिका खेल्नुपर्छ ।’ त्यसका साथै प्रदेश तथा संघीय सरकारसँग समन्वय गरी यसको महत्व बुझेर बजेट विनियोजन गर्न र यसको संरक्षण गर्न नगरपालिकाले भुमिका खेल्नुपर्ने उनको भनाईछ ।

उनले नगरपालिकाले संरक्षण नगरे भोपुर दरबारको अस्तित्व घट्दै जाने बताए । चुनावको समयमा उक्त दरबारको संरक्षण गर्ने बाचा लिएका नेता तथा जनप्रतिनिधिहरु दरबारको अवस्था देखी वेखबर रहेको उनले बताए ।

तत्कालीन बझाङी राजाहरुले निर्माण गरेका दरवारहरुको अस्तित्व कायम राख्न जिर्ण अवस्थामा रहेका ऐतिहासीक वस्तुहरु संग्राहलयको रुपमा विकास गर्नुपर्ने नगरपालिकाको कर्तव्य रहेको धामीले बताए ।

अहिले यो दरबार झन्झन् जीर्ण बन्दै गएको छ । दरबारका भित्तामा चिरा पर्न थालिसकेको छ भने छाना र त्यस भित्र रहेको काठ समेत चुहिने अवस्थामा छ । दरबारको माथिल्लो तला जाने बिभिन्न ठाउँमा भत्केको देखिन्छ ।

झ्याल ढोका कुहिने अवस्थामा पुगेका छन् । भित्रको तलाहरुमा प्वालसमेत परिसकेका छन् । दरबारको संरक्षण नभएको यसको अस्तित्व नै लोप हुने स्थानियहरुको बुझाई छ ।