अत्तरिया – बझाङको बुंगल नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । बुंगल नगरपालिका– ६ झापाबाट वडानम्बर ४ विजगडामा जाने क्रममा सु.प्र.प.०१–०१०– प७०९० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा बुंगल नगरपालिका–५ मिडीका २५ वर्षीय सुरेश कुँवरको मृत्यु भएको हो ।

घाइते भएका कुँवरको रायल स्वास्थ्य चौकी देउरामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा डिएसपी ज्ञानबहादुर विष्टले बताएका छन ।


दुर्घटनामा बुंगल नगरपालिका–९ देउलीकोट की २६ वर्षीया गीता मल्ल घाइते भएकी छिन । मल्ललाई सामान्य चोट भएकाले विजगडामै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
















