खाेज्नुहाेस

होलीमा इच्छा बिपरित रङ्ग नदल्न दल्नेलाई कारबाही गरीने

Image

रमेश बहादुर सिह/बझाङ – जिल्ला प्रशासन कार्यालय बझाङले होली पर्वमा कसैको इच्छा विपरीत रंग दले कारवाही गरिने बताएको छ ।

navjiwan hospital

बझाङका प्रमुख जिल्ला अधिकारी रामराज गौतम ले होलीमा कसैको ईच्छा विवपरित होली नदल्न अनुरोध गर्दै दलेको खण्डमा कारबाही हुने समेत बताएका हुन ।

attariya hospital

‘रंगको माध्यमबाट एकअर्कामा खुसी साटासाट गर्ने फागु पर्व (होली) निकट आइसकेको सन्दर्भमा उक्त पर्व मनाउने क्रममा इच्छा विपरीत रंग दल्ने, लोला हान्ने, बाटो ढुकेर फोहोर पानीररासायनिक पदार्थ छ्याप्ने, धार्मिक तथा साँस्कृतिक मूल्यरमान्यतामाथि आँच पुर्याउने जस्ता अराजक कार्यहरू नगर्न नगराउन हुन अनुरोध छ’ प्रमुख जिल्ला अधिकारी गौतमद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

विज्ञप्तीमा कानून विपरीत कार्यहरू गरेका वा गराइएको पाइएमा कानून बमोजिम कारबाही गरिने समेत बताईएको छ ।