बझाङ – नेकपा एमालेका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला सह इन्चार्ज ऐन महरले नेपाली कांग्रेस एमालेसँग एक्लै चुनाव लड्न डराएको बताएका छन् ।
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले बोलेको कुरालाई काउन्टर दिँदै महरले माओवादी लगायतका पार्टी पहिल्यैदेखि र अहिले कांग्रेस पनि एमालेसँग एक्लै चुनाव लड्न डराएको बताए ।



’कांग्रेसले पनि गठबन्धनबिना चुनावी मैदानमा नजाने बताइरहँदा एमाले झन् बलियो भएको छ’ शुक्रबार नेकपा एमाले पार्टी कार्यालयमा नेपाल बुद्धिजीवी परिषद् बझाङको ५ औँ जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा नेता महरले भने, ‘नेकपा एमालेले टोल, वडा, स्थानीय तह र जिल्ला तहमा मजबुत कमिटी निर्माण गरेको खबर पाएपछि एमालेसँग एक्लै चुनावमा लड्न डराएर कांग्रेसले गठबन्धन नछोड्ने घोषणा गरेको हो ।’
एमालेबाट चोइटिएर समाजवादी भए पनि पार्टीलाई कुनै घाटा नभएको र त्योभन्दा बढी माओवादीबाट एमालेमा आएकाले नेताहरूले फाइदैफाइदा पुगेको उनको भनाइ छ ।
’माओवादी र समाजवादी शीतका थोपा जस्तै हुन् । सूर्य उदाउने बित्तिकै बिलाउँछन्,’ नेता महरले भने ।

















