खाेज्नुहाेस

बझाङमा चुनावका लागी जिल्ला केन्द्रित हुदै दलका नेता

Image

बझाङ – सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन मिति घोषणा गरेसँगै बझाङमा चुनावी चहलपहल सुरु भएको छ । चुनावको घोषणासँगै जिल्ला बाहिर रहेका दलका नेता कार्यकर्ताहरू जिल्ला केन्द्रित हुन थालेका छन । पालिका र वडास्तरमा पनि चुनाव लक्षित कार्यक्रम सुरु भएका छन ।

नेता कार्यकर्ताको गाउँ प्रवेशसँगै सम्भावित चुनावी परिदृष्यको बारेमा चोक चौतारा, चियापसल र मेलापातमा छलफल हुन थालेको छ । ‘नेताहरू गाउँ आउन थालेका छन । स्थानीय तहको ५ वर्षको कार्यकालको समीक्षा र आगामी नेतृत्वको विषयको चर्चा हुन थालेको छ’ छबिस पाथीभेरा गाउँपालिकाको सूर्योदय आधारभूत विद्यालयका शिक्षक गोकुल बोहराले भने, ‘गाउँघरमा चुनावी माहोल सुरु भइसकेको छ ।’ गाउँमा २०७४ सालको स्थानीय तहको निर्वाचनताका भन्दा अहिलेको राजनितिक परिस्थिति फेरिएको र दलका कार्यकर्ताहरू मत आफ्नो पक्षमा तान्न अघिल्लो चुनावमा भन्दा बढी सक्रिय देखिएको उनले बताए ।

godawari nagarpalika dadhelo
attariya hospital

बोहराले भनेजस्तै अघिल्लो स्थानीय तहको निर्वाचनमा भन्दा यो निर्वाचानमा दलका नेता कार्यकर्ताहरू बढी सक्रिय देखिएका छन । अघिल्लो स्थानीय तह निर्वाचन (२०७४असार १४) मा निर्वाचन हुनभन्दा एक महिनाअघि मात्रै गाउँस्तरका कार्यक्रममा जुटेका दलले वैशाख अन्तिममा हुने चुनावका लागि पुस महिना (पाँच महिनाअघि) देखि नै गाउँ लक्षित कार्यक्रमहरू सुरु गरिसकेका छन ।

navjiwan hospital

एमाले र नेकपा एसका केन्द्रस्तरका नेताहरू पुसयता जिल्लाका विभिन्न गाउँमा पुगेर संगठन विस्तार र सुदृढीकरणमा लागेका छन । कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरू पनि गाउँ केन्द्रित अभियानहरू चलाउन थालेका छन ।

नेकपा एमालेले भने पुस महिनादेखि नै गाउँ केन्द्रित चुनावी अभियान सुरु गरिसकेको छ । पार्टी विभाजित भएसँग पूर्वमन्त्री भानुभक्त जोशीलगायत नेताहरू नेकपा एसतिर लागेपछि मतदाता विभाजित हुन नदिने एमालेको रणनिति छ ।

एमालेले पालिकाका प्रत्येक वडाहरूमा वडा कार्यालय स्थापना गरेर पार्टीले चुनावी कार्यक्रम सुरु गरिरहेको केन्द्रीय सदस्य एवं अनेरास्वियुका पूर्व केन्द्रीय अध्यक्ष ऐन महरले जानकारी दिए ।

‘हामी निरन्तर जनतासँगै छौ । वडा र पालिकास्तरका आमसभा भेला र भेटघाट कार्यक्रम भइरहेका छन । जनताका आवश्यकता पत्ता लगाउने र गुनासो सुन्ने काम भइरहेको छ’ महरले भने, ‘यो महिनाको अन्तिमबाट हामी अझ सघन ढंगले जनतामाझ जाने योजना बनाइरहेका छौं ।’ (कान्तिपुरबाट)