आशिष बहादुर सिंह/बझाङ – वित्थडचिर गाउँपालीका स्तरीय अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । जिल्लाको पहिलो खुट्किलामा पर्ने वित्थडचिरमा पुरुष भलिबल प्रतियोगिता सुरु भएको हो ।
गाउँपालीकाको वडा नम्बर ७ सुनकुडामा एक कार्यक्रमको आयोजना गरी प्रतियोगीताको उद्घाटन गरिएको छ । वडा नं. ७ का वडा अध्यक्ष प्रशाद विष्टको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि सांसद भैरव बहादुर सिहँ रहेका थिए भने विशिष्ट अतिथिमा गाउँपालीका अध्यक्ष प्रेम बहादुर बोहरा रहेका थिए ।



कार्यक्रममा बझाङ जिल्ला खेलकुद समितिका अध्यक्ष पुष्पलाल रोकाया, वडा नम्बर ६ का अध्यक्ष हर्क धामी, एमाले सदस्य जनक जोशी, माओवादी प्रदेश कमिटी सदस्य रमेश अधिकारी, अनेरास्ववियु सचिव लोकेन्द्र सिँह लगाएत स्थानियहरुको सहभागीता रहेको थियो । प्रतियोगितामा स्थानीय स्तरका १० वटा टिमको सहभागीता रहेको छ ।
गाउँपालीकाले युवाले चाहेको खेल जगतलाई अगाडि बढाउन खेलकुदलाई निरन्तरता दिदै आएको अध्यक्ष प्रेम बोहराले बताए । उनले भने ‘हामीले निरन्तर कार्यक्रम गर्दै आएका छौ, राष्ट्रको विकाशका लागी पनि खेलकुदको ठुलो महत्व छ ।’
उनले विगतदेखी सञ्चालीत कार्यक्रमलाई गाउँपालीकाले निरन्तरता दिएको र सबै स्थानीय तहका खेलाडीलाई भलिबल प्रतियोगितामा अगाडि बढाउन लागेको बताए ।
















