रमेश सिह/बझाङ – बझाङमा जेष्ठ नागरिकका लागि निःशुल्क दाँत राख्न शिविर संचालन गरिएको छ । स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखाको आयोजनामा जेष्ठ नागरिकलाई लक्षित गरी फागुन २२ गते देखि २६ गते सम्मका लागि शिविर संचालन गरिएको हो ।

शिबिर जिल्ला अस्पताल बझाङको परिसरमा संचालन भइरहेको छ । जेष्ठ नागरिकलाई खाना खान सहज होस भन्नको लागि कृतिम दाँत शिबिर संचालन गरिएको जिल्ला अस्पताल बझाङका प्रमुख डाक्टर सन्दिप ओखेडाले बताए ।


शिविरबाट न्युन आयस्रोत भएका जेष्ठ नागरिकले लाभ लिन सक्ने अपेक्षा राखिएको आयोजनकले जनाएको छ ।















