रमेश बहादुर सिह/बझाङ – बझाङको बुङ्गल नगरपालिकामा दुई दिने कृषि तथा खाद्य परिकार मेला सम्पन्न भएको छ । कृषि ज्ञान केन्द बझाङको आयोजना तथा बुङ्गल नगरपालिकाको समन्वयमा फागुन १६ र १७ गते सच्चालन भएको उक्त मेलामा बुङ्गल नगरपालिकाका मेयर धनबहादुर बिस्टले उघाटन गरेका थिए।
स्थानीय स्तरमा भएको उत्पादन कृषि तथा खाद्यान बाली बजारीकरण गरि देश बिदेशमा चिनाउने उद्देश्यका साथ सञ्चालन गरेको मेलामा १५०किसिमका तरकारी तथा खाद्यान बालीको प्रदर्शन गरिएको थियो ।




उक्त प्रदशर्न मेलामा प्रथम्, द्धितिय, तृतिय र सान्तवना हुने कृषकहरुलाई नगद पुरस्कार सहित कदर प्रत्र पनि प्रदान गरिएको छ ।
विदेशी उत्पादनलाई कमि गर्न र स्वदेशी उत्पादनलाई देश तथा बिदेशमा चिनाउने उद्देश्यले मेला आयोजना गरिएको कृषि ज्ञान केन्द बझाङका प्रमुख टेक बहादुर बिष्टले बताएका छन ।















