रमेश बहादुर सिह/बझाङ – बझाङको बुगलमा कृषि तथा खाद्यान्न मेला हुने भएको छ । महाशिवरात्रिको अवसरमा बझाङको बुगल नगरपालिकाको बिजगडामा कूषि तथा खाध परिकार मेलाको आयोजना हुन लागेको हो ।

मेलामा जिल्लाका कृषकहरुले उत्पादन गरेका कृषि उपजहरूलाई प्रदर्शन गरी कृषकलाई नगद पुरस्कार तथा कदर पत्र प्रदान गरिने नगरपालिकाले जनाएको छ ।


मेलामा खाद्यान्न बाली, तरकारी बाली, फलफुल बाली, नगदे बाली, आलु बाली, पुष्प बाली, औंधोगिक बाली लगाएत अन्य बालीको पनि प्रर्दशनी गरिने जनाइएको छ । मेला बिहान ८ बजे देखि भोलिपल्ट बिहान ८ बजे सम्म हुने जनाइएको छ ।
मेलाको आयोजक कृषि ज्ञान केन्द बझाङ, आलुजोन बझाङ, गैलदलित सहयोग समाज बझाङ र समन्वय बुगल नगरपालिकाको रहेको कूषि ज्ञान केन्द बझाङका प्रमुख टेक बहादुर बिष्टले जानकारी दिएका छन ।















