खाेज्नुहाेस

साईपाल संचार बिहिन

Image

रमेश बहादुर सिह/बझाङ – बझाङको दुर्गम गाउँपालिका साईपाल १ महिना देखि संचार बिहिन भएको छ । गाउँपालिकाको धुली नाङ्नाको डाँडामा रहेको नेपाल टेलिकमले नमस्तेको टावर बिग्रिएपछि सो क्षेत्र संचार बिहिन भएको हो ।

navjiwan hospital

संचार सेवा बन्द भएपछि सो क्षेत्रका स्थानीय समस्यामा परेका छन । १ महिना देखि नेपाल टेलिकमको टावरले काम गर्न छोडेपछि फोन र इन्टरनेट सेवा बन्द भएको गाउँपालिकाका अध्यक्ष राजेन्द्र बहादुर धामीले बताएका छन । उनले १ महिना अगाडी फोन र ईन्टरनेट सेवा रामो भएपनि अचानक बन्द भएपनि हाल सम्म पनि सूचारु नभएको बताए ।

godawari nagarpalika dadhelo
attariya hospital

साईपालमा २ बर्ष अगाडी मात्रै नेपाल टेलिकमको टावर जडान गरिएको थियो । चिनको स्वशासित क्षेत्र तिब्बत संग जोडिएको देशकै दुर्गम साईपाल गाउँपालिकामा हिउँ परेपछि संचार सेवा अवरुद्ध भएको हो ।

दुरसंचार कार्यालय बझाङका प्रमुख बम बहादुर सिहले लामो समय देखि हिउँ परेका कारण समस्या आएको बताए । उनले मस्टा गाउँपालिकाको रिलुमा रहेको टावरमा अज्ञात समुहले क्षति पुर्याएपछि सो क्षेत्रको टावरले पनि काम नगरेको बताए ।