खाेज्नुहाेस

बझाङको सुर्मा गाउँपालिका – २ का वडाबासी सञ्चार बिहिन

Image

रमेश बहादुर सिह/बझाङ – बझाङको सुर्मा गाउपालिका – २ पटिउडिमा रहेको नेपाल टेलिकमको टावर मर्मत नहुँदा वडाबासी सञ्चार विहिन बनेका छन ।

लामो समयदेखी बिग्रीएको उक्त टावर मर्मत नहुँदा फोन एवम् ईन्टरनेट लगायतका सेवाहरुबाट स्थानियबासी बञ्चित बनेका हुन ।

godawari nagarpalika dadhelo
attariya hospital
navjiwan hospital

ईन्टरनेट सेवा अबरुद्ध भए पछि गाउँ ठाउँका सुचना तथा समाचारहरु आदान प्रदानमा समस्या भईरहेको सोही वडाका स्थानिय रमेश बहादुर बोहराले बताए ।

एक महिना अघि राम्रै काम गरिरहेको उक्त टावर अकस्मात विग्रिदा समस्या भएको उनले बताए । उनका अनुसार त्यहाँबाट टावर सारेर अर्काे ठाउँमा लैजानुपर्ने भएकाले मर्मत नगरिएको बुझ्नमा आएको थियो ।

तर अर्काे ठाउँमा बनाईने भनेको टावरको समेत काम अगाडी नबढेको र पुरानो टावरबाट निकालिएका सामग्रीहरु टावरमै मुनीपट्टि राखिएको बोहराले बताए ।