बझाङ – बझाङमा वडा अध्यक्ष र सचिवमाथि कालोमोसो दलिएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट अनेरास्वियु (क्रान्तिकारी) का कार्यकर्ताले बित्थडचिर गाँउपालिका–८ का वडाध्यक्ष जयबहादुर मल्ल र वडासचिव दत्तराम अवस्थीलाई कालोमोसो दलेका हुन ।

उनीहरुले वडा अध्यक्ष र सचिवले करोडौं भ्रष्टाचार गरेको, कमिशन दिनेलाई मात्र उपभोक्ता समितिमा राखेको, मृतकको नाममा सामाजिक सुरक्षाभत्ता दुरुपयोग गरेको लगायत आधा दर्जनभन्दा बढी आरोप लगाएका छन ।


कालोमोसो दलेको अनेरास्वियु (क्रान्तिकारी) ले विज्ञप्ति प्रकाशित गर्दै स्थानीयको रिपोर्ट र संगठनको अध्ययनको आधारमा जनहितविपरित कार्य गरेको ठहर गर्दै कारबाही गरिएको उल्लेख छ ।















