खाेज्नुहाेस

बझाङमा बिद्युत, टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध

Image

रमेश बहादुर सिह /बझाङ – बझाङमा लगातारको बर्षा संगै विद्युत, टेलिफोन र ईन्टरनेट सेवा अबरुद्ध भएको छ । जिल्लामा विद्युत, टेलिफोन इनटरनेट सेवा बन्द हुँदा सेवाग्रही मारमा परेका छन् ।

जिल्लाको केदारस्यु गाँउपालिकाको केदार र थलारा गाँउपालिकाको वान्तालेकमा राखिएको टेलिकमको टावरमा रहेको सोलारमा चार्ज हुन नसकेपछी जिल्ला संञ्चारविहीन बनेको छ । मुख्य गरि यी दुइ टावरमा विद्युतको पहुच नभएका कारण समेत वेलावेला सेवा इन्टरनेट सेवा अवरुद्ध हुने गरेको छ ।

godawari nagarpalika dadhelo
attariya hospital
navjiwan hospital

टावरको नेटवर्कले काम नगरेको विषयमा सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि समस्या समाधानका लागि कुनै पहल नभएको एक जना स्थानीयले बताएका छन ।

यस्तै बर्षा संगै परेको हिमपातका कारण विद्युत र इन्टरनेट सेवा समेत अवरुद्ध भएको छ ।

गएराती देखि नै सम्पूर्ण सेवाहरु अबरुद्ध भएका हुन । जिल्लामा सामान्य मौसममा परिवर्त हुँदा तथा हिमपात र बर्षा भएपछि बझाङमा पटक पटक यि सेवाहरु अबरुद्ध हुने गरेका छन् ।