रमेश बहादुर सिह/बझाङ – किस्मती बोहोरा आफ्नै हात पाखुरा थिच्दै गिट्टी कुटेर बिहान बेलुकीको छाक टार्न गर्छिन् । चिसो सिरोटोमा पनि जयपृथ्वी नगरपालिका – १० को बाउलीखोलाको किनारमा उनका लागि जीवन धान्ने माध्यम यहि गिट्टी बनेको छ ।
उहाँ जस्तै दैलेक जिल्लाबाट बिगत लामो समय देखि बस्दै आएकी अनिसा मगर पनि १ बर्ष बालक काखमा च्यापेर गिट्टी कुटिरहेकी छन् । उनले आफ्ना बालबच्चा हुर्काउनका लागि गिट्टी कुटेर नै घरपरिबारको सारा खर्च चलाएको बताइन् ।


यी त प्रतीनिधी मात्र हुन् । सदरमुकाम चैनपुर नजिकै रहेको यो बाउली खोलामा दैनिक ८० देखि १०० भन्दा बढी महिला गिट्टी कुटेरै जीवन निर्बाह गरिरहेकी छन् ।

हातभरी फोका हुँदासम्म गिट्टी कुट्दै बसेकी जलधरा रावल चिसो गर्मी नभनी ठुलठुला ढुङ्गा फुटाउदै गिट्टी संकलन गर्दै आएकि छिन् । त्यही नजिकै सोही ठाँउकी चरिमाया बोहोरा काखमा दुधे बालक च्याप्दै र छेउमा अर्कि छोरीको ख्याल गर्दै आफ्ना ५ छोराछोरीलाई गिट्टी कुटेरै पढाई रहेकी छिन ।
यस्तै सुर्मा गाउँपालिकाकी चरिमायाले आफ्नो १२ जनाको परिवारलाई गिट्टीकै सहारामा पालिरहेको बताईन । उनी शिशुलाई काखीमै च्यापेर गिट्टी कुट्ने र ढुङ्गा फुटाउदा चिसो भुइँमा बच्चालाई राखेर ढुङ्गा जम्मा गर्न गरेकी छिन ।
बझाङको सदरमुकाम चैनपुर नजिकै रहेको यो बगरमा गिट्टी कुट्नेको मेला लागे जस्तै देखिन्छ तर वास्तविक उहाँका दुःख भने अनुहारमा प्रष्ट झल्किरहेका हुन्छन ।
खेतीपातीबाट ३ महिना खान नपुग्ने र भएको खेतवारी पनि बाढीपहिरोले बगाएपछि अशिक्षित महिलाहरुको जीवन गुजार्ने उपाय गट्टी बनेको छ ।














