खाेज्नुहाेस

बझाङको सुनकुडा क्याम्पस प्रमुख नियुक्तिमा छाप र लेटरप्याडको दुरुपयोग गरिएको आरोप

Image

रमेश बहादुर सिह/बझाङ – बझाङको सुनकुडा क्याम्पसमा क्याम्पस प्रमुख नियुक्तिको विषय विवादीत बनेको छ । क्याम्पस प्रमुख नियुक्तिमा छाप र लेटरप्याडको दुरुपयोग गरिएको आरोप लागेपछि नियुक्ति बिवादित बनेको हो ।

सोही बिषयमा नेपाल तरुण दलले बझाङले एक प्रेस बिज्ञप्ती मार्फत ध्यानाकर्षण गराउँदै नियुक्ति खारेजिको माग गरेको छ ।

attariya hospital
navjiwan hospital

विज्ञप्तीमा रातीको समयमा छाप र लेडरपेडको दुरुपयोग गरिएको दावी गरिएका छ । ‘यही मिति २०७८ साल पौष २५ गतेका दिन बझाङको चिरबित्थड गाउँपालिकामा रहेको सुनकुडा क्याम्पसमा संञ्चालक समितिको बैठक स्थगित गरी सदस्यहरुलाई घर पठाइसकेपछि समितिका अध्यक्ष लगायतका केही व्यक्तिहरले रातिको समयमा क्याम्पसको लेटरप्याड र छाप प्रयोग गरी मनोमानी एवं व्यक्तिगत ढंगबाट क्याम्पस प्रमुख नियुक्ति गरी नीति, नियम, ऐन विपरित कार्यगरेकोमा नेपाल तरुणदल जिल्ला कार्यसमिति बझाङको गहिरो ध्यानाकर्षण भएको छ’ विज्ञप्तीमा लेखिएको छ ‘उक्त कथित कार्यको घोर भत्र्सना एवं आपत्ति प्रकट गर्दर्छौ ।’

नेपाल तरुण दल जिल्ला कार्यसमिति बझाङका सचिव कलक बहादुर थापाद्धारा जारी विज्ञप्तीमा शैक्षिक संस्थामा देखिन गएको दादागिरीको खबरले नेपाल तरुणदल बझाङलाई निकै आक्रोसित र दुखि तल्याएको उल्लेख छ ।

तरुण दलले त्रुटिपुर्ण निर्णय गर्ने निकायलाई तत्काल सच्याई नियम संगत कार्वाहि गर्न माग गरेको छ ।