खाेज्नुहाेस

विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा पुगेका दार्चुलाका प्रिन्सलाई देउवाले दिए बधाई

Image

अत्तरिया – विश्व ब्याडमिन्टन वरीयताको शीर्ष स्थानमा पुग्दै इतिहास रचेका नेपाली ब्याडमिन्टन स्टार प्रिन्स दाहाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिएका छन ।

दार्चुलाका दहाल जुनियर विश्व ब्याडमिन्टन वरीयताको शीर्ष स्थानमा पुग्दै इतिहास रचेपछि प्रधामन्त्री देउवाले बधाई दिएका हुन ।

godawari nagarpalika dadhelo
attariya hospital
navjiwan hospital

विश्व ब्याडमिन्टन फेडेरेसनले जारी गर्ने वार्षिक वरीयतामा सिंगल्सतर्फ पहिलो नम्बरमा परेका दाहालललाई देउवाले ट्विटरमार्फत बधाई दिँदै बधाई तथा आगामी दिनको लागि शुभकामना व्यक्त गरेका छन । उनले लेखेका छन ‘विश्व ब्याडमिन्टन महासंघले जारी गरेको पुरूष जुनियरतर्फको विश्व वरियतामा शीर्षस्थान हासिल गर्न सफल हुनु भएकोमा १९ वर्षीय प्रिन्स दाहाललाई हार्दिक बधाई तथा आगामी दिनको लागि शुभकामना व्यक्त गर्दछु ।’

फेडेरेसनले बुधबार सार्वजनिक गरेको विश्व वरीयतामा प्रिन्स १० हजार ४ सय अंकका साथ शीर्ष स्थानमा छन ।