पवन बोहरा/ बझाङ – बझाङका दुई वटा स्वास्थ्य संस्थालाई व्यक्तिगत स्वास्थ्य सुरक्षा तथा खोप अभियान व्यवस्थापन सामग्री हस्तान्तरण गरिएको छ । वल्र्ड भिजन इन्टरनेश्नल नेपाल र प्रगतिशिल युवा समाज बझाङको साझेदारीमा संचालित कोभिड – १९ प्रतिकार्य सबलिकरण परियोजना अन्तरगत सामग्री हस्तान्तरण गरिएको हो ।

उक्त सामग्री केदारस्युँ गाउँपालिका – ३ मा रहेको भाडिको स्वास्थ्य ईकाई केन्द्र र केदारस्युँ गाउँपालिका – १ को रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरालाई हस्तान्तरण गरिएको शिक्षा फिल्ड अधिकृत दिनेश खड्काले जानकारी दिएका छन ।


उनका अनुसार दुवै स्वास्थ्य संस्थालाई २ हजार २ सय ५० थान मास्क, ५ सेनिटाइजर, १ हजार थान पंञ्जा, ४० तान फेस सील्ड, ४० पीपीइ सेट, १४ साबुन, २ पानी छान्ने फिल्टर दिइएको छ ।
यस्तै १ वटा टेबल, १५ वटा कुर्सी लगाएतका १ लाख ७२ हजार ९ सय ९८ रुपैयाँ बराबरको साम्रर्गी वितरण गरिएको शिक्षा फिल्ड अधिकृत खड्काले जानकारी दिएका छन ।














