रमेश बहादुर सिह /बझाङ – चाडपर्वमा मात्रै हुने अनुगमनको परम्परालाई तोड्दै बझाङमा नियमित अनगमन हुन थालेको छ । घरेलु तथा साना उद्योग कार्यालय बझाङको संयोजकत्वमा बझाङको सदरमुकाम लगायतका बजारमा नियमित अनुमगन हुन लागेको हो ।
सोही क्रममा आईबार चैनपुरको भोपुर बजार र जयपृथ्वी नगरपालिका – ९ को पक्कि पुल नजिकका खुद्रा तथा थोक पसलमा अनुगमन गरिएको छ । अनुगमनकाबाट करिब ८० हजार बराबरका म्याद सकिएका सामान बरामद गरिएको थियो ।

घरेलु तथा साना उद्योग कार्यालय प्रमुख खडक बोहरा अनुसार अनुगमन क्रममा सबैभन्दा बढी म्याद नाघेका मदिरा तथा खाद्यबस्तु बरामद गरेको छ । उनले बजारमा २०७५ सालमै म्याद सकिएका उपभोग्य बस्तुहरु फेला पारेको बताए ।

म्याद सकिएका सामान दुर्गम क्षेत्रमा लगेर बिक्रिबितरण गर्ने गरेको पाइएको कार्यालय प्रमुख बोहराले बताए । गरेको पाइएको छ । बरामद गरिएका सामान नष्ट गरिएको कार्यालयले जनाएको छ ।

यसअघि पनि पुस २३ गते चैनपुर बजारमा गरिएको अनुगमनमा २ लाख बढीका अखाद्य बस्तु फेला परेका थिए ।
बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालय, उद्योग बाणिज्य संघ, वडा कार्यालय तथा नगरपालिकाका प्रतिनिधीहरुको सहभागिता रहदै आएको छ ।














