रमेश बहादुर सिह /बझाङ – बझाङबाट २ लाख बराबरको म्याद सकिएको सामान बरामद गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय बझाङको संयोजकत्वमा सदरमुकाम चैनपुरका खुद्रा तथा थोक पसलमा गरिएको अनुगमनमा उक्त मुल्य बराबरको म्याद सकिएको सामान बरामद गरिएको हो ।
अनुगमन टोलीले सबैभन्दा बढी हाम्रो ट्रेडर्स, न्यु मल्ल स्टोर र चन्द्र धनुषबाट करिब २ लाख २ हजार ७ सय बराबरको म्याद नाघेको मदिरा तथा खाद्यबस्तु बरामद गरेको छ । घरेलु तथा साना उद्योग कार्यालय प्रमुख खडक बोहराको संयोजकत्व खटिएको टोलीले करिब २०७५ सालमै म्याद सकिएका उपभोग्य बस्तुहरु फेला पारेको जनाएको छ ।

जिल्ला भित्रका ठुला पसलले नै अबैध सुर्तीजन्य पर्दार्थ र म्याद गुज्रिएका बस्तुहरु बिक्रीबितरण गर्दा नागरिकको स्वास्थयमा प्रत्यक्ष असर परेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख बोहराले बताए ।

दुर्गम जिल्ला भएकाले डिलरहरुले ठुलोमात्रामा गोदाममा सामान राख्ने र समयमै बिक्रि नगरी लामो समयसम्म राख्दा म्याद गएपनि गाउँघरका बिक्रिबितरण गर्न गरेको पाइएको छ ।
म्याद नाघेको सामानमा सबै भन्दा बढी मदिरा बियर, जुस तथा उपभोग्य बस्तु रहेका छन । म्याद गएको सामान बरामद गरि नस्ट गरेको कार्यालयले जनाएको छ ।
बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालय, उद्योग बाणिज्य संघ, वडा कार्यालय तथा नगरपालिका का प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।













