बझाङ – देशैभर आजबाट सुरु हुन गइएरहेको नेकपा एमाले अधिवेशन बझाङमा भने नहुने भएको छ । जिल्लामा आन्तरिक विवादका कारणले आज अधिवेशन नहुने भएको हो ।

एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले विवाद र हिमपातका कारण देशभरका १६ जिल्लामा अधिवेशन रोकिएको बताए ।

बाँकी जिल्लाहरुको अधिवेशन भने अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने तयारी गरिएको छ ।














