खाेज्नुहाेस

बझाङमा पनि भुवा पर्व को रौनक

Image

रमेश बहादुर सिह/बझाङ – बझाङमा भुवा पर्वको रौनक सुरु भएको छ । जिल्लाका १२ वटै स्थानिय तहका विभिन्न स्थानमा आइतबारवाट भुवा पर्व सुरु भएको हो । प्रत्येक वर्ष पुषे औसीको अघिल्लो दिन देखि भुवा पर्व मनाइने गरिन्छ ।

जयपृथ्वी नगरपालिकाको कैलाश, मस्टा गाउपालिका– १ को रनडाडा, खप्तडछान्ना गाउपालिका –७ गोर्खाली, तलकोट गाउपालिका को खौल्ला लगाएतका स्थानहरुमा भुवा पर्व मनाईदै आएको छ ।

attariya hospital
navjiwan hospital

अयोध्याका राजा राम र रावणको लडाइपछि राजा रामले विजय प्राप्त गरेको पौराणिक भनाई अनुसार पुषे औसीको अघिल्लो रात राका सल्काएर मुढा बाल्ने गरिन्छ । बझाङ लगाएतका सुदूरपश्चिमका जिल्लामा आइतबार बाट विधिवत रुपमा भुवा पर्व सुरु भएको हो ।

जिल्लाका प्रत्येक स्थानीय तहमा मनाइने भुवा पर्वमा कतिपय ठाउँमा देउडा लगाउने, हरिनु हाल्ने, चावानिया खल्ने लगाएतका परम्परागत क्रियाकलाप गरेर भुवा पर्वको समापन गरिदै आएको स्थानीय गजेन्द्र सिहले बताए ।

उक्त पर्वमा टाढा वाट आफन्तहरु आउने र घरायसी भेटघाट हुने भएकाले दशैँ पछिको दोस्रो ठुलो पर्वका रुपमा पनि भुवालाई मनाइने गरिएको सिँहले बताए ।