बझाङ – मंगलबारदेखि बिहीबार सम्म भएको हिमपातसँगै बझाङको तापक्रम निकै घटेको छ ।

चिसोका कारण दुई जनाको मृत्यु भएको छ । चिसोले कठ्यांग्रिएर छबिसपाथीभेरा–७ बुड्खोरीका ४३ वर्षीय जंग धामी र सुर्मा गाउँपालिका–१ दौलिचौरका किट्टु बोहराको मृत्यु भएको हो ।

धामी अर्को गाउँबाट राति घर फर्कंदै गर्दा बिहीबार बिहान नौपाते भन्ने ठाउँमा मृत फेला परेका थिए । मंगलबार गुरेना भन्ने गाउँमा गएका बोहरा बिहीबारसम्म पनि घर नफर्किएपछि खोजतलास गर्दा पदाली भन्ने ठाउँमा हिउँमा पुरिएको अवस्थामा मृत भेटिएका थिए ।
प्रारम्भिक अनुसन्धानबाट उनीहरू दुवैको मृत्यु जाडोले कठ्यांग्रिएर भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी ज्ञानबहादुर बिष्टले बताए ।



















