रमेश बहादुर सिँह/बझाङ – सरकारले बझाङका ४ स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा १ ले दिएको अधिकार प्रयोग गर्दै गृहमन्त्रालयले २०७८ साल माघ मसान्तसम्म लागू हुने गरी विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।

मन्त्रालय स्रोतका अनुसार बझाङका ४ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका हुन । जिल्लामा रहेका १२ वटा स्थानीय तहमध्ये थलारा गाउँपालिका, वित्थडचिर गाउँपालिका, खप्तडछान्ना गाउँपालिका र जयपृथ्वीपालिका विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका बताईएको छ ।
















