रेडियोको कर्मचारी हु भन्दै बझाङमा ठगी गर्ने एक युवा पक्राउ

रमेश बहादुर सिह/बझाङ – रेडियोको कर्मचारी हुँ भन्दै ठगी गर्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतडीको पुचाँैडी नगरपालिका – ८ लामुनिका १६ बर्षिय सत्यप्रकाश जोशी रहेका छन् ।

maya metro hospital

जोशीलाई बझाङको रायल प्रहरी चौकीको टोलीले बैतडीको पुचौडी नगरपालिकाबाट पक्राउ गरेको हो ।

citizen security services

उनी दार्चुलाको रेडियो लिपुलेक लगायत बझाङ जिल्लाका रेडियोहरुको नाम लिदै म रेडियोको कर्मचारी हुँ भन्दै विज्ञापनको पैसा उठाउँदै आएको प्रहरीले जनाएको छ ।

attariya hospital

उनले बझाङमा पनि स्थानिय रेडियोको नाममा विज्ञापन उठाउन थालेपछि प्रहरीले खोजी सुरु गरेको थियो ।

रेडियो केदारका अध्यक्ष धनराम बोहराले आफ्नो रेडियोको नाममा पनि बजारमा विज्ञापन उठाएको थाहा पाएपछि प्रहरीमा प्रमाण सहित उजुरी गरेको बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.