खाेज्नुहाेस

बझाङमा प्रहरी हिरासत भित्र एक वृद्धाको मूत्यु

Image

रमेश बहादुर सिह/बझाङ – जिल्ला प्रहरी कार्यालय बझाङको हिरासत भित्रै ७७ बर्षीया एक वृद्धाको मृत्यु भएको छ । केदारस्युँ गाउँपालिका–२ महर गाउँकी कृष्णादेवी रावलको शनिबार बिहान ९ बजेतिर हिरासतमै मृत्यु भएको हो ।

कर्तव्य ज्यान मृद्धामा कार्तिक २० गतेदेखि हिरासतमा रहेकी रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख (डिएसपी) ज्ञान बहादुर बिष्टले बताए ।

attariya hospital
navjiwan hospital

‘बिहान हिरासतभित्र सुरक्षाकर्मी लगाएत हिरासतमा रहेकाहरु चिया पिईरहेका थिए, उहाँपनि चिया पिउँदै हुनुहुथ्यो, चिया पिउँदापिउँदै एक्कासी अचेत हुनुभयो’ डिएसपी बिष्टले भने ‘अचेत भएपछि जिल्ला अस्पताल पठायौ र अस्पतालले मृत घोषणा गर्यो ।’

यता जिल्ला भएपछि अस्पताल बझाङका प्रमुख सन्दिप कुमार ओखेडाले मृतक रावललाई अस्पताल ल्याउनु अघि नै मृत्यु भइसकेको र पोष्टमार्टमको तयारी भइरहेको बताए ।

मृतक रावल र उनका छोरा जय बहादुर रावल बुहारी हत्याको आरोपमा कार्तिक २० गतेदेखी हिरासतमा थिए ।