खाेज्नुहाेस

सुन आज पनि तोलामा ३ हजार ८ सय रुपैयाँले घट्यो

Image
file photo

काठमाडौं – आज पनि सुन तोलामा ३ हजार ८ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन ५ हजार घटेको सुन आज पनि ३ हजार ८ सय रुपैयाँले घटेको हो ।

navjiwan hospital

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९४ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

attariya hospital

त्यस्तै आज चाँदीको भाउ तोलामा ११५ रुपैयाँ घटेको छ । अघिल्लो दिन चाँदी १४५ रुपैयाँ घटेको थियो । आज चाँदीको मूल्य तोलामा ४ हजार ३९५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ४ हजार ५१० रुपैयाँ थियो ।