बैतडी – बैतडीमा चोरीको आरोपमा वडा सदस्य पक्राउ परेका छन । दशरथचन्द नगरपालिका – ५ आल गाउँका जयदेव भट्टको घरमा चोरी गरेको आरोपमा दशरथचन्द नगरपालिकाका कार्यपालिका सदस्य समेत रहेका बिनोद लुहार सहित चार जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा वडा सदस्य सहित महेश लुहार, तबिराम लुहार र लक्ष्मण मौनी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए।

उनीहरुलाई एक महिना अघि भट्टको घरमा कोही नभएको मौका छोपी छत फुटाएर तामाका भाडाकुडा चोरी गरेको आरोप लागेको छ ।

















