सुदूरपश्चिमका विभिन्न क्षेत्रमा शुक्रवार देखि लगातार वर्षा भइरहेको छ । गालको खाडीमा विकसित न्यून चापीय क्षेत्रले सोहोरेर ल्याएको जलवाष्पयुक्त हावा पश्चिमतर्फ फैलिँदै गएपछि यस क्षेत्रमा लगातार वर्षा भइरहेको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा शुक्रवार देखि भइरहेको वर्षा आइतबारसम्मै जारी रहने छ । पश्चिमी क्षेत्रमा वर्षा थप सक्रिय हुन सक्ने भएकाले सम्बन्धित क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

महाशाखाका मौसमविद् डेभिड ढकालले आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भारीदेखि धेरै भारी वर्षाको आकलन रहेको बताए । ‘आज पूर्वी तराईमा कम वर्षा हुन्छ । मध्यमा काठमाडौं सहितका क्षेत्रमा पनि निरन्तरको झरी रोकिन्छ । तर, बेलाबेला वर्षा भने हुन्छ, आकाश केही खुल्छ,’ मौसमविद् ढकालले भने, ‘तर, पश्चिममा भने शुक्रबारको जस्तो वर्षा हुने देखिएको छ । सुदूरपश्चिम र कर्णालीमा भने शुक्रबार भन्दा बढी वर्षा हुने देखिन्छ ।
आइतबार वर्षा थोरै घट्ने देखिएको छ । तर, कर्णाली र सुदूरपश्चिममा भने ठुलो वर्षा कायमै हुने देखिन्छ । सोमबार भने सुदूरपश्चिममा मध्यम वर्षाको सम्भावना छ भने अन्यत्र मौसममा सुधार आउने देखिन्छ । मंगलबारबाट भने देशभर मौसममा सुधार आउने आकलन छ ।















