खाेज्नुहाेस

भोटेकोशी बाढीमा अझै पाँच हजार १४५ जना बेपत्ता

Image

भोटेकोशी बाढीमा परेको एक हजार ४१० जनाको शव फेलापरेको छ। यस्तै, पाँच हजार १४५ जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

navjiwan hospital

प्राधिकरणले आज सार्वजनिक गरेको विवरणअनुसार फेलापरेका शवमध्ये चितवनमा ३६४, नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०३, रसुवामा १९९, गोरखामा ७८, धादिङमा ७२ र तनहुँमा ३८ छन्। फेला परेका शवमध्ये हालसम्म ११० जनाको सनाखत भएको छ। सनाखत हुन बाँकी शवको पहिचानका लागि डिएनए परीक्षणलगायतका प्रक्रिया अघि बढाइएको प्राधिकरणले जनाएको छ।

attariya hospital

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढीपछि हालसम्म १३ हजार ७५६ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये विभिन्न २७ वटा होल्डिङ सेन्टरमा राखिएका नागरिकमध्ये नुवाकोटमा ८३२, रसुवामा ८१७ र धादिङमा ९४ जना छन्।

बाढीमा परी मृत्यु भएकामध्ये एक हजार २८६ जना तथा मृतकका आफन्त एक हजार ९४४ जनाको डिएनए नमूना सङ्कलन गरिएको छ। सङ्कलित डिएनए नमूनाका आधारमा सनाखत हुन बाँकी शवको पहिचान गर्ने काम अघि बढाइएको प्राधिकरणले जनाएको छ।