खाेज्नुहाेस

आज विश्वकर्मा पूजा गरिदैँ

Image

काठमाडौँ – आज असोज १ गते, देशभर विभिन्न यन्त्र, औजार, प्रविधि तथा सवारीसाधनको पूजाआजा गरी भगवान् विश्वकर्माको आराधनासहित ‘विश्वकर्मा पूजा’ मनाइँदै छ । समुद्र मन्थनबाट उत्पत्ति भएको मानिने भगवान् विश्वकर्माको जन्म आजकै दिन भएको जनविश्वास रहेकाले यस दिनलाई विश्वकर्मा जयन्तीका रूपमा समेत मनाउने गरिन्छ ।

navjiwan hospital

आजको दिन उद्योग, कलकारखाना, ग्यारेज, वर्कसप तथा विभिन्न व्यापारिक प्रतिष्ठानहरूमा कार्यरत मजदुर, कलाकार, शिल्पकार र उद्यमीहरूले आ–आफ्ना मेशिनरी सामान तथा औजारहरूको सफाइ गरी विशेष पूजा गर्ने गर्दछन् ।

attariya hospital

धार्मिक मान्यताअनुसार महादेवले ब्रह्मा र विष्णुलाई क्रमशः सृष्टिको सिर्जना र पालनको भिन्न–भिन्न जिम्मेवारी दिएका थिए । सृष्टिको सिर्जना गर्ने आफ्नो कार्यभार सम्पन्न गर्न ब्रह्माले आफ्ना वंशज देवशिल्पी विश्वकर्मालाई आदेश दिएका थिए ।

विश्वकर्मालाई विश्वकै पहिलो इन्जिनियर तथा वास्तुकार मानिन्छ । उनले पाताल, मध्यलोक र स्वर्गलोक गरी तीनै लोकको निर्माण गरेको पौराणिक कथन छ । उनका अनुपम कृतिहरूमध्ये सत्ययुगमा स्वर्गलोक, त्रेतायुगमा लंका, द्वापरयुगमा द्वारिका र कलियुगमा जगन्नाथ मन्दिरको विशाल मूर्ति निर्माण प्रमुख मानिन्छन् । कृष्णको द्वारका, पाण्डवको मयसभा र देवताका हातहतियारसमेत उनैले निर्माण गरेको धार्मिक विश्वास छ । भगवान् विश्वकर्माको महिमा ऋग्वेदका ११ वटा ऋचामा समेत वर्णन गरिएको छ ।