खाेज्नुहाेस

कृष्णपुरमा नगरस्तरिय विद्यालय हाजिरी जवाफ प्रतियोगिता आयोजना

Image

अत्तरिया– कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नगरस्तरिय विद्यालय हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको छ । ६२औ राष्ट्रिय बाल दिवसका अवसरमा कृष्णपुर नगर स्तरिय बाल सञ्जालले प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतियोगितामा नगरका विभिन्न वडाका २२ वटा विद्यालयहरुको सहभागिता रहेको थियो । जसमध्ये कृष्णपुर नगरपालिका– ६ मा रहेको रिज एकेडेमीले प्रथम स्थान हासिल गर्न सफल भएको छ ।

attariya hospital
navjiwan hospital

प्रथम स्थान हासिल गरेसँग सो विद्यालयले नगद रु. १५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै द्धितिय स्थान प्राप्त गरेको वडा नं. २ मा रहेको सनलाईट पब्लिक स्कुलले नगद रु. १० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा तृतिय स्थान हासिल गरेको वडा नं. २ मा रहेको उदय माविले नगद रु. ६ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा वडा नं. ४ मा रहेको कृष्ण माविले सान्त्वना स्थान प्राप्त गर्दै नगद रु. ३ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।

प्रतियोगितामा विजयी भएका टिमहरुलाई बुधबार एक औपचारीक कार्यक्रमका बिच पुरस्कार वितरण गरिएको थियो । नगरस्तरिय बाल सञ्जालका अध्यक्ष अशोक धामीको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझा रहेका थिए भने विशिष्ठ अतिथिमा उपप्रमुख द्रोपति राना रहेकी थिईन ।

बालदिवसका अवसरमा कृष्णपुर नगरपालिका, वल्र्ड भिजन ईन्टरनेशनल नेपाल र एनएनएसडब्ल्यूएको सहयोगमा नगरस्तरिय बाल सञ्जालले प्रतियोगिताको आयोजना गरेको हो ।