पाँचखाल नगरपालिकाका सामुदायिक स्वास्थ्य स्वयंसेविकाले तीजको दर खाने कार्यक्रमका लागि छुट्याइएको रकम बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन् ।

पाँचखाल नगरपालिका–३, ४, ५ र ६ का महिला स्वास्थ्य स्वयंसेविकाले यही भदौ १० गते रसुवाको भोटेकोशी बाढीपीडितका लागि १५ हजार ५४५ सहयोग गरेका हुन् ।

बाढी प्रभावितलाई केही राहत पुगोस् भन्ने उद्देश्यले महिला स्वास्थ्य स्वयंसेविकाको ‘दिदीबैनी समूह’ले आयोजना गर्ने दर खाने कार्यक्रमको खर्चबाट उक्त रकम छुट्याएर राहत कोषमा जम्मा गरिएको समूहकी सदस्य सरस्वती भेटवालले बताइन ।
यसैगरी, नमोबुद्ध नगरपालिकाका महिलाले यस वर्ष तीज विशेष कार्यक्रम नगरी बाढीपीडितको सहयोगका लागि ९१ हजार ३४५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन् ।


















