खाेज्नुहाेस

एघार वर्षदेखि माछा पालन गर्दै कैलारीका हेमन्त, वार्षिक १५ लाख बचत

Image

धनगढी – कैलालीको कैलारी गाउँपालिका– ४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि माछापालन व्यवसाय गर्दै आएका छन । कृषि क्षेत्रमा केही नयाँ गर्ने सोचका साथ माछापालन व्यवसाय सुरु गरेका उनका लागि अहिले यो व्यवसाय आम्दानीको प्रमुख स्रोत बनेको छ ।

विदेश गएर काम गर्नुभन्दा स्वदेशमै केही गर्न सकिन्छ भन्ने योजनासहित माछापालन व्यवसाय गर्दै आएएका खरेलले माछापालन व्यवसायबाट वार्षिक रूपमा १५ लाख बचत गर्दै आएका छन् । उनले १२ हजार लगानीबाट माछापालन व्यवसाय सुरु गरेको भन्दै हालसम्म करिब ५० लाख लगानी गरिसकेको जानकारी दिए ।

attariya hospital
navjiwan hospital

आफ्नै जमिनमा चार वटा ठूला पोखरी निर्माण गरी माछापालन गर्दै आएको बताउँदै खरेलले वार्षिक ६५ लाख बराबरको कारोबार हुने उल्लेख गरे । सम्पूर्ण खर्च कटाएर वार्षिक १५ लाख जति बचत हुने गरेकोे उनको भनाइ छ ।

‘माछापालनमा लगानीसँगै मेहनत र समय दिनुपर्दछ । राम्रोसँग व्यवस्थापन गर्न सके यसबाट परिवारको खर्च धान्ने मात्र होइन, राम्रो बचत पनि गर्न सकिन्छ’, उनले भने । माछापालन व्यवसायको रेखदेख तथा हेरचाहका लागि आठ जना स्थानीयलाई उनले रोजगार दिएका छन् । उनीहरूको मासिक तलब मात्रै रु एक लाख ५२ हजार रहेको उनले जानकारी दिए ।

खरेलको पोखरीमा हाल ग्रास, कमनकार्प, रहु, जलकपुर लगायत जातका ३०० क्विन्टल जति माछा छन् । माछा होलसेलमा प्रतिकिलो ३०० र खुद्रा प्रतिकिलो ३५० का दरले बिक्री गर्दै आएको उनले बताए । पछिल्लो समय यहाँका दक्षिणी सिमानाका कडाइ गरिएपछि अवैध रूपमा नेपाल भित्रिने भारतीय माछाको आयात रोकिएपछि बजारमा माछाको मूल्य पनि सोचेअनुुसार प्राप्त भइरहेको किसान खरेलले बताए ।

माछा पालन व्यवासायसँगै कुखुरापालन, बङ्गुुरपालन व्यवसाय पनि उहाले गर्दै आएका छन् । कृषि क्षेत्रमा युवाको आकर्षण बढाउन तथा स्थानीय उत्पादन प्रवद्र्धन गर्न माछापालन जस्ता व्यवसायलाई प्रोत्साहन गर्न सके गाउँमै रोजगारी सिर्जना हुनाका साथै किसानको आर्थिक अवस्था सुधारमा समेत महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ छ ।