खाेज्नुहाेस

सुदूरपश्चिममा ट्रायम्फ मोटरसाइककाे पहिलाे शोरुम सञ्चालन

Image

धनगढी – विश्वप्रसिद्ध प्रिमियम मोटरसाइकल ब्रान्ड ट्रायम्फले सुदूरपश्चिम प्रदेशमा आफ्नो सेवा विस्तार गर्दै धनगढीमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। धनगढी उपमहानगरपालिका–३, चटकपुरमा दीपेश अटो हब प्राइभेट लिमिटेड ट्रायम्फको आधिकारिक डिलरका रूपमा सञ्चालनमा आएको हो।

नयाँ शोरुम सञ्चालनमा आएसँगै सुदूरपश्चिमका मोटरसाइकलप्रेमीले ट्रायम्फका विभिन्न प्रिमियम मोटरसाइकल स्थानीय स्तरमै खरिद गर्न सक्ने भएका छन्। यससँगै आधिकारिक सर्भिसिङ तथा मर्मत सुविधा र कम्पनीका ओरिजिनल स्पेयर पार्ट्ससमेत सहज रूपमा उपलब्ध हुने जनाइएको छ।

attariya hospital

ट्रायम्फका मोटरसाइकल आफ्नो आकर्षक डिजाइन, आधुनिक प्रविधि, शक्तिशाली इन्जिन, उत्कृष्ट राइडिङ अनुभव तथा प्रिमियम निर्माण गुणस्तरका लागि परिचित छन्। कम्पनीले विभिन्न प्रकारका राइडिङ आवश्यकता र रुचिलाई लक्षित गर्दै फरक–फरक मोडलका मोटरसाइकल उपलब्ध गराउँदै आएको छ।

navjiwan hospital

धनगढीमा सञ्चालनमा आएको शोरुमलाई Sales, Service and Spares (3S) सहितको पूर्ण सुविधासम्पन्न केन्द्रका रूपमा तयार गरिएको छ। यहाँबाट ग्राहकले मोटरसाइकल खरिदसँगै नियमित सर्भिसिङ, मर्मतसम्भार तथा आवश्यक ओरिजिनल पार्ट्स प्राप्त गर्न सक्नेछन्।

दीपेश अटो हब प्राइभेट लिमिटेडका दीपेश ओझाले सुदूरपश्चिममा ट्रायम्फजस्तो प्रिमियम ब्रान्डको आधिकारिक सेवा उपलब्ध गराउन पाउनु महत्वपूर्ण अवसर भएको बताए। उनले ग्राहकलाई गुणस्तरीय बिक्री सेवा, प्राविधिक सहयोग र उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्ने उद्देश्य रहेको बताए।

ट्रायम्फ नेपालका म्यानेजर सागर थापाका अनुसार ट्रायम्फ केवल मोटरसाइकलको ब्रान्ड नभई गुणस्तर, विश्वसनीयता र प्रिमियम राइडिङ अनुभवसँग जोडिएको ब्रान्ड हो। धनगढीमा आधिकारिक शोरुम सञ्चालनमा आएसँगै सुदूरपश्चिमका ग्राहकसँगको सम्बन्ध थप बलियो हुने अपेक्षा गरिएको छ।

यसअघि प्रिमियम मोटरसाइकल खरिद तथा आधिकारिक सर्भिसका लागि अन्य शहरमा निर्भर हुनुपर्ने सुदूरपश्चिमका ग्राहकलाई नयाँ शोरुमले सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ। शोरुमले धनगढी तथा आसपासका क्षेत्रका ग्राहकलाई ट्रायम्फका मोटरसाइकलसँगै बिक्रीपछिको आधिकारिक सेवा उपलब्ध गराउने जनाएको छ।