खाेज्नुहाेस

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या एक हजार ३८८ पुग्यो, चार हजार ८९ बेपत्ता

Image

काठमाण्डाैँ –  रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या एक हजार ३८८ पुगेको छ। नेपाल प्रहरीले आइतबार बिहान जारी गरेको अपडेटअनुसार चार हजार ८९ जना अझै बेपत्ता छन्।

navjiwan hospital

बाढीमा परेका २५ जना प्रहरी पनि अझै सम्पर्कमा आउन सकेका छैनन्। प्रहरीले १०३ शव परिवारलाई हस्तान्तरण गरिएको जनाएको छ।

attariya hospital

त्यस्तै, एक हजार २३० शव जमिनमुनि व्यवस्थापन गरिएको छ भने एक हजार ३५४ शवको पहिचान हुन बाँकी छ। शव पहिचानका लागि अहिलेसम्म तीन हजार १३२ जनाको डीएनए संकलन गरिएको प्रहरीले जनाएको छ।