खाेज्नुहाेस

बाजुराबाट बाढीपीडितलाई साढे ४४ लाख सहयोग

Image

बाजुरा – भोटेकोशी नदीमा विनाशकारी बाढीबाट प्रभावितको सहयोगका लागि बाजुराका तीन स्थानीय तहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४४ लाख ५१ हजार २४८ रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छन् । यहाँका स्वामीकार्तिक खापर गाउँपालिका, खप्तड छेडेदह गाउँपालिका र बुढीगंगा नगरपालिकाले बाढीबाट प्रभावितलाई उद्धार र राहतका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेका हुन् ।

navjiwan hospital

स्वामीकार्तिक खापर गाउँपालिकाले जनप्रतिनिधि र कर्मचारीको दुई दिनको तलब तथा सुविधा कट्टी गरेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको पालिका अध्यक्ष भरत रोकायाले बताए । बुढीगंगा नगरपालिकाले जनप्रतिनिधि, कर्मचारी शिक्षकबाट २२ लाख ९२ हजार ३३२ रुपैयाँ सहयोग गर्ने निर्णय भएको नगरप्रमुख रामबहादुर बानियाँले बताए ।

attariya hospital

खप्तड छेडेदहले जनप्रतिनिधिबाट ९३ हजार ५ सय, कर्मचारीबाट ४ लाख ४६ हजार ५ सय ८५, शिक्षक तथा विद्यालय कर्मचारीबाट १२ लाख ६८ हजार ८३१ र पालिकाको विपद् व्यवस्थापन कोषबाट २ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय भएको अध्यक्ष दिलबहादुर रावतले बताए ।