खाेज्नुहाेस

एक वर्ष देखि छातीमा गोली बोकिरहेका हिक्मत भन्छन् ‘अझै भ्रष्टाचारकाे जालो हटेको छैन’ 

Image

अत्तरिया – जेनजी आन्दोलनका क्रममा भदौ २३ गते सिंहदरबार अगाडि छातीमा गोली लागेका डोटीको के आई सिंह गाउँपालिका – ७ का हिक्मत भण्डारीको अझै छातीभित्रै गोली छ । उनले छातीको गोली निकाल्ने प्रयास गरेपछि डाक्टरले गोली निकालेमा झन् जोखिम हुने भनेपछि अहिले पनि जेनजी आन्दोलनको चिनोको रूपमा त्यो गोली छातीमा सजाएर राखेको बताउछन ।

‘मेरो गोली अहिले छातीमै छ । आन्दोलनका क्रममा दिउँसो ३ बजे मेरो छातीमा छड्के लागेको गोली मेरो हातको मेन नसामा बसेको छ । गोली निकाल्यो भने मेरो हाम काम गर्दैन । मैले धेरै अस्पतालहरूमा पनि धाएको थिए । त्यहाँ डाक्टरले निकाल्यो भने जोखिम छ । हात नचल्न सक्छ भनेका छन्’ उनले भने ‘मैले यो गोलीलाई भदौ २३ गतेको चिनो सम्झेर छातीमा राखेको छु ।’

attariya hospital

उनले जुन कुराका लागि आफूहरूले गोली खाएका थियौ त्यो भने पुरा नभएको बताए । ‘धेरैले परिचालन भएको भन्छन्, तर म आन्दोलनमा जाँदा परिचालन भएर गएको थिएन । म आफ्नो इच्छाले आन्दोलनमा गएको थिए’ उनले भने ‘आन्दोलनमा कोही पनि परिचालन भएर गएका थिएनौ । देशमा एकदमै भ्रष्टाचार भए पनि युवाहरू तातेको हो ।’

navjiwan hospital

उनले पुराना पार्टीहरूले केही नगरेपछि नयाँ चाहियो भनेर आन्दोलन गरेको बताए । उनले आन्दोलनले नयाँ मान्छे आए पनि धेरै ठाउँमा अझै पनि पुरानै अवस्था रहेकोमा भने दुख लाग्ने गरेको बताए ।

‘नयाँ सरकारमाथि हामीले आशा गरेका थियौ । तर, पुराना पार्टीबाटै टाउको लुकाउन रास्वपामा आएकाहरूले जस्तो पहिला गर्ने त्यस्तै गरिरहेका छन्’ उनले भने ‘जेनजी कुनै पनि लाटो छैनन् । सबै पढेलेखेका छन् । यो सबै कुरा बुझिरहेका छौ ।’

उनले पुरानो जालो अझै अन्त्य नभएकाले त्यसलाई हटाउन नसके अझै यस्तै आन्दोलन फेरी हुन सक्ने बताए । उनले युवाहरू बेरोजगार भएकाले युवाको रोजगारीको माग पुरा गर्नुपर्ने बताए ।

भिडियो