खाेज्नुहाेस

कृष्णपुरको बैंजनाथ बाल क्लबले निबन्ध लेखन प्रतियोगिता आयोजना गर्ने

Image

कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ पहरियामा रहेको बैंजनाथ बाल क्लबले वडा स्तरीय निबन्ध लेखन प्रतियोगिता आयोजना गर्ने भएको छ ।

राष्ट्रिय बाल दिवसको पुर्वसन्ध्यामा क्लबले भदौ २६ गते राष्ट्रिय माध्यमिक विद्यालय पहरियामा प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगिता दिउँसो १ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ ।

attariya hospital
navjiwan hospital

‘कृष्णपुरका बालबालिकाहरूको चौतर्फी विकास, बालबालिकाले स्वरूप निर्णय लिन सक्ने, सबैले निकास निकाल्ने’ भन्ने नाराका साथ प्रतियोगिता आयोजना गर्न लागिएको हो । बालबालिकाको सिर्जनात्मक क्षमता, लेखन सीप तथा विचार अभिव्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्लबका उपाध्यक्ष वासुदेव पाण्डेयले बताए ।

प्रतियोगिता कृष्णपुर नगरपालिका–१ नम्बर वडा कार्यालय, नेपाल राष्ट्रिय सामाजिक कल्याण संघ (एनएनएसडब्लुए) तथा वल्र्ड भिजनको सहयोग सञ्चालन गरिने उनले बताए । उनले प्रतियोगितामा विजेतालाई पुरस्कारको पनि व्यवस्था रहेको बताए । निबन्धको शीर्षक भने प्रतियोगिता सुरु हुन १० मिनेट अगाडि मात्रै जानकारी दिएर प्रतिस्पर्धा गराइने उनले बताए ।

नेपालमा हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउने गरिन्छ । बाल अधिकार, बाल सहभागिता, शिक्षा तथा बालबालिकाको सर्वाङ्गीण विकासका विषयमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरिँदै आएका छन् ।