रसुवा — रसुवामा आएको बाढीबाट प्रभावित परिवारका विद्यार्थीको उच्च शिक्षा निरन्तरता सुनिश्चित गर्न Project Awasar ले विशेष छात्रवृत्ति कार्यक्रम ल्याएको छ।
कार्यक्रमअन्तर्गत बाढी प्रभावित परिवारका २० जना योग्य विद्यार्थीलाई BBS वा BSW अध्ययनका लागि चार वर्षसम्म पूर्ण छात्रवृत्ति प्रदान गरिने जनाइएको छ। छात्रवृत्तिसँगै विद्यार्थीलाई फेलोशिप, मेन्टरशिप तथा सीप र नेतृत्व विकाससम्बन्धी सहयोग समेत उपलब्ध गराइनेछ।


बाढीका कारण धेरै परिवारको जनजीवन प्रभावित भएको र आर्थिक कठिनाइका कारण विद्यार्थीको उच्च शिक्षा प्रभावित हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै कार्यक्रम सञ्चालन गरिएको हो। आर्थिक समस्याकै कारण कुनै योग्य विद्यार्थीले पढाइ तथा भविष्यको सपना बीचमै छोड्न नपरोस् भन्ने उद्देश्य रहेको Project Awasar ले जनाएको छ।
कार्यक्रमले रसुवाका शिक्षक, समुदायका अगुवा, परिवारका सदस्य, साथीभाइ तथा स्थानीय सरोकारवालालाई बाढी प्रभावित परिवारका योग्य विद्यार्थी पहिचान गरी छात्रवृत्तिको अवसरसम्म जोड्न आग्रह गरेको छ।
योग्य विद्यार्थी वा प्रभावित परिवारसँग जोडिएका व्यक्तिले Project Awasar को ९८०८०६८८७०, ९८०११२७६७२ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।


















