खाेज्नुहाेस

कृष्णपुरमा नगरस्तरिय हाजिरी जवाफ प्रतियोगिता आयोजना हुने

Image

अत्तरिया– कञ्चनपुरको कृष्णपुर नगरपालिकामा हाजिरीजवाफ प्रतियोगिता आयोजना हुने भएको छ । कृष्णपुर नगरस्तरिय बाल सञ्जालको आयोजनामा यही भाद्र २९ गते नगरस्तरिय हाजिरीजवाफ प्रतियोगिता आयोजना हुने भएको हो ।

navjiwan hospital

कृष्णपुर नगरभित्र रहेका सम्पुर्ण विद्यालयहरुले सहभागिता जनाउन पाउने सो प्रतियोगिताको विजेता टिमले नगद रु. १५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने नगरस्तरिय बालसञ्जालका अध्यक्ष अशोक धामीले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको दोस्रो टिमले नगद रु. १० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र, तृतिय हुने टिमले नगद रु. ६ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र र सान्त्वना हुने टिमले नगद रु. ३ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

attariya hospital

बाल दिवस २०८३ को अवसर पारी नगरस्तरिय बालसञ्जालले सो प्रतियोगिताको आयोजना गर्न लागेको अध्यक्ष धामीले बताए । कृष्णपुर नगरपालिका, वल्र्ड भिजन ईन्टरनेशनल नेपाल र एनएनएसडब्ल्यूएको सहयोगमा प्रतियोगिता आयोजना गर्न लागिएको उनले जानकारी दिए । ‘ज्ञान, सीप र आत्मविश्वासमा बढौँ कदम, बाल सहभागितामा हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ गुलरियामा रहेको कञ्चन बहुमुखी क्याम्पसको प्रांगणमा प्रतियोगिता सञ्चालन हुने उनले बताए ।