काठमाडौं – नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा बादलले सरकारलाई रसुवा बाढीबारे सात सुझाव दिएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा उनले सात प्रस्ताव राखे । प्रधानमन्त्रीले एकांकी शासनशैलीमा गुणात्मक परिवर्तन गर्नुपर्ने बताए । सदनलाई निरन्तर जानकारी गराउनुपर्ने भनाइ बादलको छ ।
राष्ट्रिय सहमतिबाटै विद्यमान संकटको समाधान गर्न सकिने बताए । राजनीतिक दल, विज्ञहरूको सर्वपक्षीय संयन्त्रको निर्माण गर्नुपर्ने धारणा राखे ।


त्यस्तै, सभामुखले सरकारलाई सचेत तथा सहयोग गर्न संसदीय समिति गठन गर्नुपर्ने माग गरे । अन्तर्राष्ट्रिय सहयोग, क्षतिपूर्ति तथा समन्वय गर्न सरकारले परराष्ट्रमन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठन गर्नुपर्ने सुझाव बादलको छ ।
त्यस्तै, सरकारले उद्धार र राहतका लागि रक्षामन्त्रीको नेतृत्वमा स्पेशल टास्कफोर्क गठन गर्नुपर्ने धारणा राखे ।
पुनर्निर्माणका लागि अर्थमन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठन गर्न सुझाए ।
जलवायु परिवर्तनबाट उपन्न संकटको सामना र अन्तर्राष्ट्रिय ऐक्यबद्धताका लागि सगरमाथा संवादको दोस्रो संस्करण अघि बढाउन आवश्यक रहेको बताए ।



















