खाेज्नुहाेस

उत्कृष्ट घोषित भएका प्रहरी युवतीसहित होटेलबाट पक्राउ

Image

काभ्रेपलाञ्चोक – नमोबुद्ध नगरपालिका–४ स्थित प्रहरी चौकी भकुण्डेका इन्चार्ज प्रहरी सहायक निरीक्षक (सइ) गणेशप्रसाद श्रेष्ठलाई स्थानीयले एक होटलबाट युवतीसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय धुलिखेलमा बुझाएका छन्।

स्थानीयका अनुसार श्रेष्ठलाई मध्यरातमा नमोबुद्धस्थित एक होटलबाट युवतीसहित नियन्त्रणमा लिइएको हो। जिम्मेवारी र प्रहरी संगठनको मर्यादाविपरीत गतिविधि गरेको आरोप लगाउँदै स्थानीयले उनलाई नियन्त्रणमा लिएपछि प्रहरीलाई खबर गरेका थिए।

attariya hospital
navjiwan hospital

घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय धुलिखेलबाट खटिएको प्रहरी टोलीले श्रेष्ठसहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख एसपी रबिन कार्कीले स्थानीयबाट सूचना आएपछि श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको पुष्टि गरे। उनका अनुसार घटनामा संलग्न भनिएका श्रेष्ठसहित दुई जना प्रहरी नियन्त्रणमा छन् र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

श्रेष्ठ गत जेठमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट उत्कृष्ट प्रहरीका रूपमा घोषित भएका थिए।