खाेज्नुहाेस

शिक्षक महासंघ गोदावरीको १९ सदस्यीय समिति घोषणा

Image

अत्तरिया – नेपाल शिक्षक महासंघ गोदावरी नगर समिति कैलालीको पूर्ण घोषणा कार्यक्रम सम्पन्न भएको छ । नेपाल शिक्षक महासंघ गोदावरी नगर समितिको आयोजनामा सम्पन्न कार्यक्रमबाट १९ सदस्यीय नयाँ कार्यसमिति घोषणा गरिएको हो ।

आइतबार सम्पन्न घोषणा कार्यक्रमबाट सह–अध्यक्षमा कृष्ण बहादुर विक, उपाध्यक्षमा निर्मला बिसी, सह–सचिवमा केशव साउँद, प्रेम राज जोशी, सह सचिवमा अर्जुन भट्ट, गणेश बिसी, महिला सह सचिव चन्द्रा विष्ट चयन गरिएका छन् ।

attariya hospital

यस्तै सदस्यहरूमा भूपेन्द्र सिंह धामी, मुन्ना बहादुर दमाई, कलवती योगी, तर्कराज चौधरी, बाबुराम चौधरी, बल बहादुर खत्री, मीन बहादुर दर्लामी, नन्द सिंह कोली चयन भएका छन् । यस्तै पदेन सदस्यमा भूपेन्द्र चन्द, भक्त रावल, लाल बहादुर विक चयन भएका छन् ।

navjiwan hospital

नवनिर्वाचित पदाधिकारी र सदस्यलाई आइतबार नै नेपाल शिक्षक महासंघका जिल्ला अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि गणेश प्रसाद ओझाले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

नगर अध्यक्ष केशव राज ओझाको सभापतित्वमा सम्पन्न समिति घोषणा कार्यक्रमको सञ्चालन एनएनटीए गोदावरीका अध्यक्ष भुपेन्द बहादुर चन्दले गरेका थिए ।

समितिमा अझै सचिव, कोषाध्यक्ष लगायत पदाधिकारी र सदस्यको पदपूर्ति गर्न बाँकी रहेको छ । आइतबार नेपाल शिक्षक संघका पदाधिकारीको सहभागिता नभएकाले उक्त पद रिक्त राखिएको बताइएको छ । नेपाल शिक्षक संघले भने जिल्लाबाट तोकिएका अध्यक्ष पद नेपाल शिक्षक संघले पाउनुपर्ने माग गर्दै आएको छ ।

साउन १३ गते सम्पन्न शिक्षक महासंघ कैलालीको अधिवेशनबाट केशव राज ओझालाई गोदावरी शिक्षक महासंघको अध्यक्षमा चयन गरिएको थियो । शिक्षक महासंघ कैलालीले कैलालीका १३ वटै पालिकामा सोही दिन अध्यक्ष चयन गरेको थियो ।