खाेज्नुहाेस

 साढे दुई महिनापछि पुग्यो रेबिज विरुद्धको खोप

Image

बाजुरा– बाजुरामा रेबिजविरुद्धको निःशुल्क खोप अभाव भएको साढे दुई महिनापछि पुनः उपलब्ध भएको छ। जेठ दोस्रो सातादेखि जिल्लाभर खोप अभाव रहेकामा शुक्रबार साउन २९ गते दुई सय भाइल खोप आइपुगेको हो।

navjiwan hospital

स्वास्थ्य कार्यालय बाजुराका प्रमुख जनस्वास्थ्य अधिकृत बिनोद धामीका अनुसार संघीय सरकारले खोप खरिदमा ढिलाइ गर्दा देशभर नै अभाव भएको थियो। हाल प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट खोप उपलब्ध भएपछि जिल्ला अस्पतालसहित कोल्टी र टाँटे आधारभूत अस्पतालबाट पनि सेवा दिइनेछ।

attariya hospital

खोप अभाव हुँदा जनावरको टोकाइपछि निजी स्वास्थ्य संस्थामा महँगो शुल्क तिरेर खोप लगाउनुपर्ने बाध्यता रहेको थियो। स्वास्थ्यकर्मीले जनावरले टोकेपछि रेबिजको जोखिमबाट बच्न ढिला नगरी स्वास्थ्य संस्थामा पुगेर खोप लगाउन आग्रह गरेका छन्।