खाेज्नुहाेस

देवानगञ्ज घटनाका घाइतेको मृत्यु, मृतकको संख्या ३ पुग्यो

Image

इटहरी  – एक साताअघि सुनसरीको देवानगञ्ज वडा नं. ३ को कप्तानगञ्जमा भएको घटनामा गोली लागेर घाइते भएका थप एक जनाको मृत्यु भएको छ।

navjiwan hospital

देवानगञ्ज वडा नं. ३ का २१ वर्षे रविन्द्र मेहताको आज बिहान उपचाराक क्रममा मृत्यु भएको हो। मेहताको विराटनगरमा उपचार सम्भव नभएपछि काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि लगिएको थियो। उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

attariya hospital

साउन १० गते दुई पक्षीय झडप भएर हिंसात्मक रूप लिँदा यसअघि दुई जनाको मृत्यु भएको थियो। रविन्द्रसँगै देवानगञ्ज घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ।

यसअघि साउन १० गते राति २५ वर्षे ओमप्रकाश मेहता र बिहीबार राति विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा २१ वर्षे जयप्रकाश मेहताको मृत्यु भएको थियो।