काठमाण्डौं – सिराहाको गोलबजार क्षेत्रमा भएको झडपका क्रममा बिहीवार दिउँसो गोली लागि एक जनाको मृत्यु भएको त्यहाँका सहायक प्रमुख जिल्ला अधिकारीले बताएका छन् ।

सप्रजिअ चेतराज बरालले गोली लागेर एक जना पुरुषको मृत्यु भएको बताए पनि गोली कसले चलायो भन्ने पुष्टि भइनसकेको बताए । यसअघि आइतवारको सुनसरी घटनामा घाइते भएका एक जनाको उपचारका क्रममा बिहीवार निधन भएको नेपाल प्रहरीले जनाएको छ ।

उनी गत आइतवार सुनसरीको देवानगन्जमा भएको साम्प्रदायिक विवादमा परेर मृत्यु हुने दोस्रो व्यक्ति हुन् ।
जिल्ला प्रहरी कार्यालय, सुनसरीका सूचना अधिकारी डीएसपी चन्द्र खड्काले विराटनगरमा उपचारका क्रममा थप एक पुरुषको मृत्यु भएको बीबीसीलाई बताए ।
















