खाेज्नुहाेस

एसईई ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ६४.६९ प्रतिशत उत्तीर्ण

Image

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ अन्तर्गत सञ्चालन गरिएको ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

बोर्डका अनुसार ग्रेडवृद्धि परीक्षामा १ लाख २९ हजार ११४ जना विद्यार्थी सहभागी भएका थिए। तीमध्ये ८३ हजार ५२३ जना उत्तीर्ण भएका छन्, जुन कुल परीक्षार्थीको ६४.६९ प्रतिशत हो।

attariya hospital
navjiwan hospital

जीपीएका आधारमा सबैभन्दा धेरै ५१ हजार ४३८ जना विद्यार्थीले २.४० देखि २.८० सम्म जीपीए प्राप्त गरेका छन्। त्यसैगरी १६ हजार ४६७ जनाले २.८० देखि ३.२०, १४ हजार ३६२ जनाले २.०० देखि २.४०, १ हजार १९५ जनाले ३.२० देखि ३.६०, ४५ जनाले १.६० देखि २.०० तथा १६ जनाले ३.६० देखि ४.०० जीपीए हासिल गरेका छन्। बोर्डका अनुसार ०.८० देखि १.२० र १.२० देखि १.६० जीपीए प्राप्त गर्ने विद्यार्थी भने कोही पनि छैनन्।

बोर्डले परीक्षाफल आफ्नो वेबसाइट, आईभीआर तथा एसएमएस/यूएसएसडी सेवामार्फत हेर्न सकिने जनाएको छ। नतिजाप्रति चित्त नबुझेका परीक्षार्थीले बोर्डले तोकेको अवधिभित्र अनलाइनमार्फत पुनर्योगका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको पनि बोर्डले जानकारी दिएको छ।

यसैबीच, परीक्षा मर्यादा विपरीत गतिविधिमा संलग्न भएको आरोपमा केन्द्राध्यक्षबाट सिफारिस भएका सात जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ।