खाेज्नुहाेस

निजी कलेजको विद्यार्थी कोटा थप्ने निर्णयमा सुदूरपश्चिम विश्वविद्यालयभित्र विवाद

Image

कञ्चनपुर – सुदूरपश्चिम विश्वविद्यालयले सम्बन्धन प्राप्त निजी कलेजमा बिएस्सी, सिएसआईटी र बिबिए कार्यक्रमका लागि विद्यार्थी कोटा थप्ने निर्णय गरेपछि विश्वविद्यालयभित्र विवाद चुलिएको छ।

navjiwan hospital

विज्ञान तथा प्रविधि संकायका सिएसआईटी विभाग प्रमुख कर्णदेव भट्टले कार्यविधिविपरीत केही निजी कलेजलाई फाइदा पुग्ने गरी निर्णय गरिएको आरोप लगाएका छन्। उनले अनुगमन टोलीको निष्पक्षतामाथि समेत प्रश्न उठाउँदै अधिकारको दुरुपयोग भएको दाबी गरेका छन्।

attariya hospital

यता विज्ञान तथा प्रविधि संकायका डीन प्राडा भवानी चन्द (ठकुरी) ले आफूलाई दिइएको जिम्मेवारीअनुसार मात्रै स्थलगत अध्ययन गरिरहेको र प्रतिवेदनका आधारमा निर्णय हुने बताएका छन्।

निमित्त उपकुलपति यज्ञराज पाठकले भने नयाँ कार्यक्रम नभई सञ्चालनमा रहेका कलेजको मागअनुसार मात्रै विद्यार्थी कोटा थप्ने प्रक्रिया अघि बढाइएको स्पष्ट पार्दै विश्वविद्यालयको आन्तरिक आम्दानी वृद्धि गर्ने उद्देश्य रहेको बताएका छन्।